अमेरिकामा गाेली प्रहार गरी ४ नेपालीकाे हत्या

0
Quantam abroad studies

भर्जिनिया, अमेरिका — शान्त र स्थिर जीवनको आशामा अमेरिका पुगेको एक नेपाली परिवारका चार सदस्य मृत अवस्थामा फेला परेका छन्। भर्जिनियाको म्यानेसस पार्कस्थित एक घरमा बिहीबार राति प्रहरी प्रवेश गर्दा उनीहरू मृत अवस्थामा भेटिएका हुन्।

स्थानीय म्यानेसस पार्क प्रहरी विभागका अनुसार मृतकहरूमा दुई बालबालिका, एक महिला र एक पुरुष रहेका छन्। प्रहरीले प्रारम्भिक विवरणमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, ८ वर्षीया बालिका र २ वर्षे बालकको निधन भएको पुष्टि गरेको छ।

घटना बिहीबार राति करिब १०:४० बजे उजागर भएको हो। घरधनीले आफ्नो घरमा भाडामा बस्ने परिवारसँग सम्पर्क हुन नसकेको भन्दै सुरक्षाको लागि प्रहरीको सहयोग मागेका थिए। प्रहरी घटनास्थलमा पुग्दा घरको तल्लो तलामा चारै जनाको शव गोली लागेका अवस्थामा फेला परेको थियो। घटनास्थलबाट एउटा बन्दुक पनि बरामद गरिएको छ।

sahani furniture udyog

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिको परिचय हालसम्म सार्वजनिक गरेको छैन। यस घटनालाई अनुसन्धानको दायरामा राखिएको छ भने सबै शवहरू परीक्षणका लागि म्यानेसस मेडिकल एक्जामिनरको कार्यालय पठाइएको छ।

यस दु:खद घटनाले प्रवासी नेपाली समुदायलाई स्तब्ध तुल्याएको छ। शान्त घरभित्र यति भयावह तरिकाले ज्यान गुमाउनुले अनेक प्रश्न जन्माएको छ – के यो सामूहिक आत्महत्या हो? वा बाह्य आक्रमण?

अनुसन्धान जारी रहेको जनाउँदै प्रहरीले थप विवरण आउन बाँकी रहेको उल्लेख गरेको छ। नेपाली समुदाय तथा स्थानीय बासिन्दा घटनाप्रति शोक व्यक्त गर्दै पीडित परिवारप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.