भारतमा राहुल गान्धी सहितका वरिष्ठ नेताहरू पक्राउ

0
Quantam abroad studies

भारतमा विपक्षी दलका वरिष्ठ नेताहरू र सांसदहरू निर्वाचन आयोगको कार्यालय घेराउ गर्ने क्रममा पक्राउ परेका छन्। संसद् भवनबाट र्‍याली निकालेर अघि बढेका ती नेतामध्ये कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी र समाजवादी पार्टी अध्यक्ष अखिलेश यादव प्रमुख थिए। प्रहरीको अवरोधपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

विपक्षी दलका सांसदहरूले लोकसभा चुनाव तथा महाराष्ट्र र हरियाणा राज्यसभा चुनावमा मतदाता नामावलीमा गम्भीर गडबडी र धाँधली भएको आरोप लगाउँदै आन्दोलन थालेका हुन्। उनीहरूका अनुसार मतदाता सूचीमा नक्कली नाम थपिएको, वास्तविक मतदाताको नाम हटाइएको र निर्वाचन प्रक्रियामा पक्षपातपूर्ण व्यवहार गरिएको छ।

संसद् परिसरबाट सुरु भएको र्‍यालीमा सहभागी सांसद र नेताहरू निर्वाचन आयोगलाई तत्काल सुधारात्मक कदम चाल्न दबाब दिन चाहन्थे। तर सुरक्षा बलले संसद् क्षेत्र नजिकै उनीहरूको अग्रसर रोक्दै मुख्य नेताहरूलाई गिरफ्तार गर्‍यो।

sahani furniture udyog

यसअघि पनि विपक्षी गठबन्धन ‘इन्डिया ब्लक’ का नेताहरूले मतदाता सूचीको शुद्धिकरण, स्वतन्त्र अनुगमन प्रणाली र पारदर्शी निर्वाचन प्रक्रियाको माग गर्दै आयोगसँग लिखित रूपमा निवेदन दिएका थिए। निर्वाचन आयोगले भने यस्ता आरोपमा कुनै तथ्य नपाइएको र प्रक्रिया निष्पक्ष ढंगले सम्पन्न भएको दाबी गर्दै आएको छ।

यस घटनाले संसद् सत्रमै राजनीतिक तापमान बढाएको छ भने आगामी राज्यसभा र लोकसभा चुनावमा विपक्षीको आन्दोलन अझै तीव्र हुने संकेत गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.