किसानको मल अभावबारे प्रधानमन्त्रीको दाबी असत्यः आजपा अध्यक्ष प्रभु साह

0
Quantam abroad studies

काठमाडौं — आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मलको अभाव नरहेको भन्ने दाबीको खण्डन गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साहले भने, “एकातिर किसानले महिनौंदेखि मलको अभावको सामना गर्दै छन्, अर्कोतिर प्रधानमन्त्रीले मल अभाव छैन भनेर जनतालाई भ्रममा पार्ने काम गरिरहनु भएको छ।” उनले किसानहरूको वास्तविक अवस्था बुझेर मात्र सरकारको जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए।

साहका अनुसार मुलुकभरका किसानहरू आवश्यक मल नपाएर खेतीपातीमा समस्यामा परेका छन्। उनले बजारमा मल आपूर्ति कमजोर भएको र कालोबजारीमा महँगो मूल्य तिर्न बाध्य किसानहरूको पीडा संसद्मा प्रस्तुत गरे।

sahani furniture udyog

“किसानले सरकारको चुप्पी र ढिलासुस्तीको मूल्य आफ्नो उत्पादन घटाएर तिर्नुपर्ने अवस्था आएको छ,” उनले भने, “यो केवल आपूर्ति व्यवस्थापनको कमजोरी होइन, किसानको भविष्यसँग खेलवाड हो।”

अध्यक्ष साहले सरकारले तत्काल समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्ने र कम्तीमा खेतीपातीको मौसममा मल समयमै उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने माग गरे। उनले किसानका गुनासो सुनेर मात्र नीतिगत तथा व्यावहारिक सुधारको सुरुवात गर्न आग्रह गरे।

यसअघि प्रधानमन्त्री ओलीले मुलुकमा मलको कुनै अभाव नरहेको दाबी गर्दै आपूर्ति सहज रहेको बताएका थिए। तर विपक्षी दलका नेताहरू र किसान संघसंस्थाले उक्त दाबीलाई असत्य बताउँदै मुलुकभरका किसान मल अभावका कारण मारमा परेको प्रमाणसहित सरकारको आलोचना गर्दै आएका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.