भारतमा थप २०० मेगावाट सँगै ११४० पुग्याे बिजुली निर्यात

0
Quantam abroad studies

काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले भारतलाई थप १९९ दशमलव ७ मेगावाट बिजुली निर्यातको स्वीकृति पाएको छ। यससँगै भारतीय बजारमा जाने कुल विद्युत् ११४० दशमलव ७ मेगावाट पुगेको छ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई मध्यकालीन सम्झौताअन्तर्गत यो परिमाणको बिजुली खरिद गर्न अनुमति दिएको हो। यसअघि २३५.५ मेगावाट आपूर्ति भइरहेकोमा करिब २ सय मेगावाट थपिएको छ। अब हरियाणाले नेपालबाट ४३५.२ मेगावाट बिजुली पाउनेछ।

यो वर्ष थपिएको बिजुलीको बिक्रीदर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारतीय रुपैयाँ) तय गरिएको छ, जसमा प्रसारण शुल्क र करहरू समावेश छैनन्। हाल ३४ जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारतका बिहार र हरियाणासहित बंगलादेशमा निर्यात भइरहेको छ।

sahani furniture udyog

गत आर्थिक वर्षमा नेपालले १७ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको बिजुली भारतलाई बिक्री गरेको थियो। सुक्खा याममा भने १२ अर्ब ९२ करोडको बिजुली भारतबाट आयात गर्नुपरेको तथ्यांक छ। त्रिपक्षीय सम्झौताअनुसार बंगलादेशलाई ४० मेगावाट बिजुली पनि आपूर्ति भइसकेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.