नेपालमा पहिलोपटक हरित हाइड्रोजन र फ्युल सेल प्लान्ट बन्ने तयारी

0
Quantam abroad studies

काठमाडौं – नेपालमा पहिलोपटक हरित हाइड्रोजन र फ्युल सेल प्रविधि भित्र्याउने पहल भएको छ । लगानी बोर्ड नेपाल र दक्षिण कोरियाको जी–फाइलोस को–अपरेटिभ लिमिटेडबीच बिहीवार काठमाडौंमा समझदारीपत्र (MoU)मा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार कम्पनीले आवश्यक प्रविधि, अनुभव र लगानीको सम्भावना प्रस्तुत गर्नेछ भने लगानी बोर्ड नेपालले नीतिगत तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ । अब विस्तृत सम्भाव्यता अध्ययन (DPR) तयारी हुने र अध्ययन सफल भएमा नेपालमा हरित हाइड्रोजन उत्पादन सुरु हुने अपेक्षा गरिएको छ ।

कोरियाली कम्पनी फिलोसले सात अर्ब रुपैयाँभन्दा बढी लगानीको प्रस्ताव अघि सारेको छ । प्रारम्भिक चरणमा २० मेगावाट क्षमताको प्लान्टमार्फत हाइड्रोजन उत्पादन गर्ने लक्ष्य रहेको छ । तर प्लान्ट निर्माणको स्थान भने अझै तय भएको छैन ।

sahani furniture udyog

उक्त परियोजनाबाट उत्पादित हाइड्रोजनलाई स्टिल उद्योग, मल उद्योग, अमोनियम नाइट्रेट उत्पादन तथा भण्डारणमा उपयोग गर्न सकिनेछ । परियोजनाले जलविद्युत् उत्पादनबाट खेर जाने विद्युत् प्रयोग गरी पानीको इलेक्ट्रोलाइसिस प्रक्रियाबाट हरित हाइड्रोजन निकाल्नेछ ।

यो पहललाई नेपालमा वातावरणमैत्री उद्योग विस्तार, नयाँ रोजगारी सिर्जना र दिगो उर्जा सुरक्षातर्फको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।

जेठ १३ गते बसेको लगानी बोर्डको ६३औं बैठकले परियोजनाको विस्तृत अध्ययनको अनुमति दिएको थियो । MoU कार्यक्रममा लगानी बोर्ड नेपालका सीईओ सुशील ज्ञवाली र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायतको उपस्थिति थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.