कपिवस्तुमा पेस्ताेल देखाएर ११ लाख बढीको धनमाल लुटपाट

0
Quantam abroad studies

कपिलवस्तु– शिवराज नगरपालिका–३ खरेन्द्रपुरस्थित हंसबाहिनी टोलमा गए राति सशस्त्र चोरी भएको छ। स्थानीय सीता खनालको घरमा करिब १२:३० बजे चार जनाको समूह पिस्तोल र खुकुरी देखाउँदै घरभित्र पसेको थियो। उनीहरूले परिवारका सदस्यलाई बन्धक बनाएर करिब ११ लाख रुपैयाँ बराबरको नगद, सुनचाँदीका गहना र दुई वटा मोबाइल फोन लुटेर फरार भएका छन्।

घरभित्रै आतंक मच्चाएका चोरहरू फरार भएपछि पीडित परिवार त्रसित बनेको छ। घटनाको खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेको थियो। वडा प्रहरी कार्यालय चन्द्रौटाले चोरीमा संलग्न समूहको खोजी भइरहेको र अनुसन्धानलाई तीव्र पारिएको जनाएको छ।

sahani furniture udyog

स्थानीयवासीले रातको समयमा प्रहरी गस्ती कमजोर हुने गरेको भन्दै असुरक्षाबारे चासो व्यक्त गरेका छन्। पछिल्ला दिनमा शिवराज क्षेत्रमा चोरी र ठगीका घटना बढ्दै गएपछि सर्वसाधारणमा त्रास फैलिएको छ। यसैबीच प्रहरीले सर्वसाधारणलाई सचेत रहन र शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.