कपिलवस्तुका ७ स्थानीय तहमा अनिवार्य स्वास्थ्य बीमा : विपन्नकाे उपचारमा सहजता

0
Quantam abroad studies

कपिलवस्तु । स्वास्थ्य सुरक्षामा स्थानीय तहहरू क्रमशः जिम्मेवार बन्दै गर्दा कपिलवस्तु जिल्लाका सात स्थानीय तहले बीमा अनिवार्य नीति कार्यान्वयनमा ल्याएका छन्। कपिलवस्तु, कृष्णनगर, शिवराज, बुद्धभूमि नगरपालिका तथा यशोधरा, मायादेवी र विजयनगर गाउँपालिकाले अब नागरिकका लागि स्वास्थ्य बीमा गर्नुपर्ने व्यवस्था अनिवार्य गरेका छन्।

बीमाको दायरामा सहभागी हुँदा नागरिकले सामान्य उपचारदेखि लिएर गम्भीर रोगसम्ममा राज्यको सहुलियत पाउने छन्। यसले विपन्न वर्गलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० (पहिलो संशोधन २०८२) मार्फत स्वास्थ्य बीमालाई उपचार सहयोगको मुख्य आधारका रूपमा स्थापित गरेको छ।
मन्त्रालयले गत साउन ४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार निर्देशिका स्वीकृत गरी देशभरका सबै स्थानीय तहहरूलाई पत्राचार गरेको हो।

निर्देशिकाले स्पष्ट रूपमा तोकेको छ कि अबदेखि विपन्न नागरिकका लागि सिफारिस र उपचार सहयोग बीमा भएका नागरिकका लागि मात्र उपलब्ध हुनेछ। यसले सरकारी सहयोगमा पारदर्शिता ल्याउने र अनियमितता घटाउने अपेक्षा गरिएको छ।

sahani furniture udyog

कार्यक्रमअन्तर्गत मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाजस्ता आठ गम्भीर रोगको उपचारमा सरकारले सहयोग गर्दै आएको छ।
यी रोगहरू उपचारका दृष्टिले अत्यन्त खर्चिला हुने भएकाले बीमा अनिवार्य बनाउँदा विपन्न वर्गलाई जीवनरक्षक सहयोग पुग्नेछ।

जिल्लाभर अहिले १ लाख ४० हजार ८४३ जना नागरिक स्वास्थ्य बीमाको दायरामा आएका छन्। स्थानीय तहहरूले विद्यालय, वडा कार्यालय र सामुदायिक स्वास्थ्य संस्थामार्फत बीमाको प्रचार–प्रसारलाई तीव्र बनाएका छन्।
कृष्णनगर नगरपालिकाले बीमा अभियानलाई ‘एक घर, एक बीमा’को रूपमा अघि सारेको छ भने शिवराज र बुद्धभूमि नगरपालिकाले स्वास्थ्य बीमा कार्ड नवीकरणमा छुटका योजना पनि अघि सारेका छन्।
बीमा अनिवार्य भएपछि राज्यको उपचार सहयोग बढी संगठित, पारदर्शी र न्यायसंगत हुने अपेक्षा गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.