
कपिलवस्तु– नेपाली कांग्रेसले कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर २ क्षेत्रीय समितिले आगामी फागुन २१ गते हुने निर्वाचन लक्षित गर्दै कपिलवस्तु क्षेत्र नं–२का लागी प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारहरूको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेको छ।
क्षेत्रीय सभापति केशवकुमार श्रेष्ठका अनुसार सोमबार बसेको बैठकले प्रत्यक्ष तर्फ सुरेन्द्र राज आचार्य, रवि ठाकुर, विक्रम सिंह थापा र गोपीकृष्ण शर्मालाई सिफारिस गर्ने निर्णय गरेको हो।
त्यसैगरी समानुपातिक तर्फका लागि रिना नेपाल, मिना केसी, माया माया ज्ञवाली र फागुप्रसाद धोबीको नाम समावेश गरिएको छ।

राष्ट्रिय सभा निर्वाचन लक्षित गरी बैठकले जवाहर थारु, रेश्मीराज अधिकारी र दिपेन्द्रनाथ शुक्लालाई सिफारिस सूचीमा राख्ने निर्णयसमेत गरेको क्षेत्रीय समितिले जनाएको छ।
