कपिलवस्तु–१: कांग्रेसबाट उम्मेदवार सिफारिस

0
Quantam abroad studies

नेपाली कांग्रेसले कपिलवस्तु क्षेत्र नम्बर १ काे लागी आगामी निर्वाचनका लागि प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका उम्मेदवारको सिफारिस जिल्ला कार्यसमितिमा पठाएको छ। क्षेत्रीय सचिव विजय खनालका अनुसार क्षेत्रीय समितिको छलफलपछि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका नामहरु अनुमोदन गरी पठाइएको हो।

प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि आशिष शर्मा, शक्ति सिंह ठकुरीधुर्व नेपाल को नाम सिफारिस गरिएको छ।

समानुपातिक तर्फ

  • मुस्लिम तर्फ: वजी अर्सद
  • खस–आर्य तर्फ: कमलेश कुमार शर्मा, होमलाल पौडेल, हरिराज घिमिरे, लोकराज गिरी, बिमला गैरे, इन्द्रा भट्टराई
  • आदिवासी जनजाति तर्फ: ललित गुरुङ, गोविन्दी थारु
  • मधेसी तर्फ सुरेश शर्मा, चतुर्भुजीमणि त्रिपाठी, विशम्भर कुर्मी
  • थारु तर्फ: पूर्णप्रसाद चौधरी, रामेश्वर थारु, तारावती थारु
  • दलित तर्फ: लक्ष्मी नेपाली
sahani furniture udyog

यस्तै, क्षेत्र नम्बर १ ले राष्ट्रिय सभाका लागि पनि उम्मेदवार सिफारिस गरेको छ।

राष्ट्रिय सभा सिफारिस

  • पुरुषतर्फ: राजेश आचार्य, भोला थारु, सोहरत तेली, जयसराम यादव
  • महिलातर्फ: सुमित्रा शर्मा
  • अपाङ्गता क्लस्टर: कृष्णप्रसाद न्यौपाने

क्षेत्रीय समितिबाट आएको यो सिफारिस अब अन्तिम छानोटका लागि जिल्ला कार्यसमितिमा पुगेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.