देवघाट क्षेत्रमा प्लास्टिक प्रयोग पूर्ण रूपमा प्रतिबन्धित

0
Quantam abroad studies

काठमाडौँ । चितवनको पवित्र तीर्थस्थल देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्ने तयारी तीव्र भएको छ। देवघाट क्षेत्र विकास समितिले चितवन, नवलपरासी र तनहुँका तीन पालिकाको समन्वयमा ५ हजार ४३४ हेक्टर क्षेत्रफल समेटेर प्लास्टिक प्रयोग पूर्ण रूपमा प्रतिबन्धित गर्ने प्रक्रिया अघि बढाएको हो।

समितिका अध्यक्ष डा. ईश्वरी लौडारीका अनुसार सहमति नामक संस्थाको प्राविधिक सहयोगमा पवित्र तीर्थस्थललाई प्रदूषणमुक्त बनाउँदै नदी–सभ्यताको संरक्षण सन्देश फैलाउने उद्देश्य राखिएको छ। हाल देशभरका नदी–खोला प्रदूषणको जोखिममा परिरहेका बेला देवघाट पनि प्रभावित हुन सक्ने देखिएपछि भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाको सहकार्यमा प्लास्टिकमुक्त अभियान थालिएको हो।

सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले नारायणी नदी संरक्षण अभियानसँगै देवघाटको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राखी प्लास्टिक निषेध घोषणा गरिन लागेको बताए।

sahani furniture udyog

प्लास्टिकमुक्त क्षेत्र घोषणा तयारीसँगै फोहोर सङ्कलन स्थल, सार्वजनिक शौचालय, खानेपानी लगायतका पूर्वाधार निर्माण कार्य पनि अघि बढेको देवघाट क्षेत्र विकास समितिले जानकारी दिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.