कपिलवस्तुमा तस्करीको युरिया मलसहित प्लाईउड उद्योगमा छापा

0
Quantam abroad studies

कपिलवस्तु । अवैध रूपमा भारतबाट भित्र्याइएको ठूलो परिमाणको युरिया मल कपिलवस्तुमा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल र भन्सार गस्तीको संयुक्त टोलीले शिवराज नगरपालिका–७ रुद्रपुरमा सञ्चालनमा रहेको जय अम्बे प्लाईउड इन्डस्ट्रिज प्रालिमा छापा मार्दै १८१ बोरा भारतीय युरिया मल नियन्त्रणमा लिएको हो।

संयुक्त टोलीले गोप्य सूचनाका आधारमा उद्योग परिसरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त मल फेला पारेको जनाइएको छ। कृषि प्रयोजनका लागि प्रयोग हुनुपर्ने युरिया मल उद्योगभित्र राखिएको भेटिएपछि तत्कालै बरामद गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सुरक्षा निकायले जनाएको छ।

sahani furniture udyog

बरामद गरिएको सम्पूर्ण युरिया मललाई कृष्णनगर भन्सार कार्यालयमा ल्याइएको छ। भन्सार कार्यालयका सूचना अधिकृत मयङ्क कुमार कर्णका अनुसार मलको स्रोत, तस्करीको मार्ग तथा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको छ। कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो।

पछिल्लो समय सीमावर्ती क्षेत्रमार्फत अवैध रूपमा मल भित्र्याउने र गैरकृषि क्षेत्रमा प्रयोग गर्ने गतिविधि बढ्दै गएको भन्दै सुरक्षा निकाय र भन्सारले संयुक्त निगरानी तीव्र बनाएको जनाएको छ। यस किसिमका अवैध कार्य नियन्त्रण गर्न छापा र अनुगमनलाई अझ प्रभावकारी बनाइने समेत अधिकारीहरूले बताएका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.