कपिलवस्तुका विभिन्न स्थानमा पुस ११ गते लुम्बिनी लायन्सको ट्रफी सेलिब्रेसन

0
Quantam abroad studies

कपिलवस्तु । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सले विजय उत्सवलाई जनस्तरसम्म पुर्‍याउने क्रममा पुस ११ गते कपिलवस्तुका विभिन्न स्थानमा ‘ट्रफी सेलिब्रेसन कार्यक्रम’ आयोजना गर्ने भएको छ।

क्लबले सार्वजनिक गरेको कार्यक्रमअनुसार पुस ११ गते चन्द्रौटाबाट सुरु हुने ट्रफी टुर कृष्णनगर, तौलिहवा हुँदै गोरुसिङ्गेसम्म पुग्नेछ। उपाधिसहितको ट्रफी प्रदर्शन, खेलाडी तथा टिम अफिसियलको सहभागिता र समर्थकसँगको प्रत्यक्ष भेटघाट कार्यक्रम टुरको मुख्य आकर्षण रहने जनाइएको छ।

sahani furniture udyog

लुम्बिनी लायन्सले प्रदेशभर विजयोत्सव मनाउने उद्देश्यले पुस ५ गतेदेखि विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सञ्चालन गरिरहेको छ। सोही कार्यक्रमको एक भागका रूपमा कपिलवस्तुमा आयोजना हुन लागेको टुरलाई क्रिकेटप्रेमीका लागि विशेष अवसरका रूपमा लिइएको छ।

एनपिएल दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। यसअघि दोस्रो क्वालिफायरमा विराटनगर किङ्स र एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई हराउँदै लुम्बिनी फाइनलमा प्रवेश गरेको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.