मधेशमा रोहिंग्या शरणार्थीको आवागमन बढ्दै, सुरक्षा चिन्ता चुलियो

0
Quantam abroad studies

मधेश प्रदेशका विभिन्न सहर र गाउँमा अपरिचित भेषभूषा र भाषामा बोल्ने व्यक्तिहरूको आवागमन बढेपछि सुरक्षा चिन्ता बढेको छ । वीरगञ्ज, सिरहा, धनुषा, महोत्तरी र रौतहटलगायत जिल्लामा भारत हुँदै प्रवेश गरेका रोहिंग्या शरणार्थी ठूलो संख्यामा देखिन थालेका छन् ।

सिरहाको धनगढीमाई–१० कृषि बजारमा पाल टाँगेर बसेका रोहिंग्याका कारण चोरीडाँकाका घटना बढेपछि वडाअध्यक्षले उनीहरूलाई हटाएको जनाएका छन् । पर्साको वीरगञ्ज नाकाबाट प्रवेश गर्न खोजेका सयौं रोहिंग्यालाई स्थानीयको विरोधपछि प्रहरीले भारततर्फ फर्काएको थियो ।

sahani furniture udyog

प्रहरीका अनुसार मगन्ते वा साना व्यापारीको रूपमा प्रवेश गर्ने यस्ता व्यक्तिहरू अधिकांश रोहिंग्या हुन् । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले अपरिचित र पहिचानविहीन व्यक्तिबाट सुरक्षा जोखिम हुन सक्ने भन्दै देखेमा प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।

गृह मन्त्रालयले २०७६ मा गठन गरेको अध्ययन कार्यदलले रोहिंग्या शरणार्थी नेपालका लागि दीर्घकालीन सुरक्षा चुनौती हुन सक्ने निष्कर्ष निकालेको थियो । अध्यागमन ऐनअनुसार भिसा र पासपोर्टबिना विदेशीलाई नेपाल प्रवेश निषेध भए पनि रोहिंग्याको आधिकारिक तथ्यांक नरहेको बताइएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.