पौषे औँसीमा उत्तरगयामा श्रद्धालुको भीड, १० हजारभन्दा बढीले पिण्डदान

0
Quantam abroad studies

त्रिशूली र बेत्रगंगा नदीको संगमस्थल नुवाकोट–रसुवा सिमानास्थित उत्तरगयामा पौषे औँसीको अवसरमा श्राद्ध गर्ने भक्तजनको ठूलो भीड लागेको छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस तीर्थस्थलमा हिन्दु र बौद्ध धर्मावलम्बीहरू बिहानैदेखि पितृको नाममा स्नान, श्राद्ध, तर्पण र पिण्डदानमा सहभागी भए ।

पुसको चिसो मौसमका बाबजुद नदीमा स्नान गरी श्रद्धा प्रकट गर्ने भक्तजनको भीड हिजो र आज दुवै दिन देखिएको छ । स्थानीयका अनुसार १० हजारभन्दा बढी भक्तजनले उत्तरगयामा श्राद्ध गरी पिण्डदान गरेका छन् । नुवाकोट, रसुवा मात्र नभई विभिन्न जिल्लाबाट भक्तजनहरू यहाँ पुगेका थिए ।

sahani furniture udyog

उत्तरगयामा श्राद्ध गर्दा २० पुस्तासम्मका पितृले मोक्ष प्राप्त गर्ने धार्मिक विश्वासका कारण यहाँ प्रत्येक वर्ष ठूलो भीड लाग्ने गर्दछ । भारत वर्षका चार गयामध्ये नेपालमा रहेको एक मात्र गया उत्तरगयालाई श्राद्धका लागि विशेष पवित्र मानिन्छ ।

पौषे औँसीसहित विभिन्न धार्मिक पर्वमा यहाँ मेला लाग्ने गर्छ । यस वर्ष बाढीले क्षति पुगेका संरचना मर्मत गरी भक्तजनलाई सहज व्यवस्था मिलाइएको स्थानीयले बताएका छन् । श्रद्धालुहरूको अत्यधिक आवागमनका कारण बेत्रावती बजार क्षेत्रमा चहलपहल बढेको र आवतजावतमा समेत चाप परेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.