आज वर्षकै सबैभन्दा छोटो दिन

0
Quantam abroad studies

काठमाडौँ । आज डिसेम्बर २१ तारिख, सन् २०२५ को सबैभन्दा छोटो दिन परेको छ । खगोल विज्ञानमा यस दिनलाई शीतकालीन अयनांत भनिन्छ ।

शीतकालीन अयनांतका दिन सूर्य उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्दै कर्कट रेखाबाट मकर रेखातर्फ सर्दछ । सूर्य सिधै मकर रेखामाथि पर्ने भएकाले पृथ्वीको उत्तरी गोलार्धमा जाडोयाम तीव्र हुने गर्दछ ।

आज पृथ्वीको उत्तरी गोलार्धमा दिनको अवधि वर्षकै सबैभन्दा छोटो र रातको अवधि सबैभन्दा लामो हुन्छ । खगोलविद्हरूका अनुसार यो अवस्था केही वर्षमा डिसेम्बर २१ र केही वर्षमा डिसेम्बर २२ तारिखमा पर्न सक्छ ।

sahani furniture udyog

त्यसैगरी, खगोल विज्ञानअनुसार मार्च २१ र सेप्टेम्बर २३ का दिन दिन र रातको समय बराबर हुन्छ, जसलाई विषुव भनिन्छ । वर्षकै सबैभन्दा लामो दिन भने जुन २१ तारिखमा पर्ने गर्दछ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.