विदेशमा बसेका नेपालीलाई भोट गर्न ल्याउन लागिएको अध्यादेशमा एमालेको आपत्ति

0
Quantam abroad studies

नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले ल्याएको निर्वाचनसम्बन्धी अध्यादेश स्वीकार्य नहुने स्पष्ट पारेका छन्। उनले अध्यादेशमा समेटिएका केही प्रावधानले निष्पक्ष निर्वाचनमाथि प्रश्न उठ्ने बताएका छन्।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको विदेशमा रहेका नेपाली र अन्तरजिल्ला मतदानसम्बन्धी छलफलमा सहभागी हुँदै सचिव बस्नेतले ठूला राजनीतिक दलसँग अलग–अलग रूपमा संवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

sahani furniture udyog

छलफलका क्रममा उनले प्रतिनिधिसभाको मतपत्रमा राजनीतिक दलहरूको चुनाव चिन्ह गोला प्रथाबाट राखिने व्यवस्था गरिएकोप्रति आपत्ति जनाए। अघिल्लो निर्वाचनमा समानुपातिक मतका आधारमा दलको चुनाव चिन्ह राख्ने व्यवस्था खारेज गरेर नयाँ प्रणाली ल्याउन खोजिएको भन्दै उनले त्यसलाई अस्वीकार्य बताए।

“यदि अघिल्लो निर्वाचनको आधारमा तय भएको चिन्ह प्रणाली हटाइएको हो भने सरकारले निर्वाचन गराउनै नचाहेको सन्देश जान्छ,” सचिव बस्नेतले भने।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.