लुम्बिनी प्रदेशलाई औपचारिक रूपमा ‘साक्षर प्रदेश’ घोषणा गरिँदै

0
Quantam abroad studies

लुम्बिनी प्रदेशलाई यही पुस १३ गते औपचारिक रूपमा ‘साक्षर प्रदेश’ घोषणा गरिने भएको छ। आवश्यक मापदण्ड पूरा भएसँगै प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेश प्रशासनिक परिसरमा विशेष कार्यक्रम गरी घोषणा गर्न लागिएको हो।

सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाका अनुसार मानव विकासका मुख्य सूचक शिक्षा, स्वास्थ्य र प्रतिव्यक्ति आयमध्ये शिक्षाले सबै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने भएकाले यसलाई प्राथमिकतामा राखिएको छ। सन् २०२४ को तथ्याङ्क अनुसार लुम्बिनी प्रदेश मानव विकास सूचकाङ्कमा ०.६०८ सहित देशको चौथो स्थानमा रहेको छ।

sahani furniture udyog

‘साक्षर नेपाल’ अभियान अन्तर्गत १५ देखि ६० वर्ष उमेर समूहको ९५ प्रतिशत जनसंख्या साक्षर भएपछि क्षेत्रलाई साक्षर घोषणा गर्ने सरकारी व्यवस्था छ। हाल लुम्बिनी प्रदेशका १२ जिल्ला साक्षर घोषणा भइसकेका छन् भने दाङ, कपिलवस्तु, रुपन्देहीलगायत जिल्लामा साक्षरता दर ९६ प्रतिशतभन्दा माथि पुगेको छ।

प्रदेशमा जीवनपर्यन्त सिकाइ, अनौपचारिक तथा वैकल्पिक शिक्षाका कार्यक्रमलाई विस्तार गर्दै साक्षरतालाई सीप र आयआर्जनसँग जोड्ने योजना अघि बढाइएको छ। पछिल्लो समय एसइई परीक्षाको नतिजामा समेत सुधार देखिएको छ भने प्रदेश सरकारले पाँच वर्षमाथिको साक्षरता दर ९८ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.