कपिलवस्तुमा लागुऔषधसहित एक युवक पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु, वैशाख १० — कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तु र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको UP 55 AU 0723 नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो।

खानतलासीका क्रममा मायादेवी गाउँपालिका–४ बुलकडिहवा निवासी ३६ वर्षीय अब्दुल कासिम मु.को साथबाट खैरो हिरोइनको मिश्रण जस्तो देखिने खैरो गिलो पदार्थ ४३.७६ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, प्रयोग गरिएको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका अब्दुल कासिम मु.लाई आवश्यक अनुसन्धानका लागि कपिलवस्तु जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

sahani furniture udyog

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.