कपिलवस्तु शुद्धोधनमा AI बाट अश्लील सामग्री बनाएको आरोपमा युवक पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु, — विद्युतीय अपराधसम्बन्धी कसूरमा कपिलवस्तु प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
शुद्धोधन गाउँपालिका–३ मौजा गुलरी निवासी अन्दाजी २८ वर्षीय सुरेश कहारलाई एआई प्रविधि प्रयोग गरी युवतीको फोटोबाट अमर्यादित भिडियो तथा तस्बिर तयार गरेको आरोपमा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार सुरेश कहारले तयार पारेका भिडियो तथा तस्बिरहरू मोबाइलमार्फत एक–अर्कालाई पठाउने, पीडित युवतीलाई देखाएर चरित्र हत्या गर्ने तथा डर देखाई मानसिक तनाव र हैरानी दिएको उजुरी प्राप्त भएपछि अनुसन्धान थालिएको थियो।

sahani furniture udyog

निजलाई नियन्त्रणमा लिई कपिलवस्तु जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.