कपिलवस्तुमा धार्मिक सद्भाव जोगाउन १० बुँदे सर्वपक्षीय प्रतिबद्धता

कपिलवस्तु । जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले स्थानीय प्रशासनको पहलमा सर्वदलीय, सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकले धार्मिक सहिष्णुता, आपसी विश्वास र सामाजिक शान्ति मजबुत बनाउने गरी १० बुँदे प्रतिबद्धता तथा निर्णय सार्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा भएको उक्त बैठकमा राजनीतिक दलका प्रतिनिधि, धार्मिक अगुवा, नागरिक समाज, सुरक्षानिकाय तथा स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । पछिल्लो समय सामाजिक सञ्जाल तथा सार्वजनिक मञ्चमार्फत उक्साउने, भ्रामक र द्वेषपूर्ण अभिव्यक्ति बढ्दै गएको भन्दै त्यसले समाजमा अनावश्यक तनाव सिर्जना गर्न सक्ने निष्कर्ष निकालिएको छ ।
बैठकपछि जारी विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत जातीय तथा धार्मिक भावना भड्काउने, अफवाह फैलाउने र साम्प्रदायिक द्वेष बढाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट गरिएको छ । यस्ता कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी स्थानीय प्रशासनले दिएको छ ।

शान्ति र सद्भाव भंग गर्ने जुनसुकै गतिविधि भए पनि प्रशासन तत्काल सक्रिय हुनेछ।”

