आईसीसी एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा आयोजना हुने

0
Quantam abroad studies

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन यस वर्ष नेपालमा आयोजना हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सम्मेलन आगामी अप्रिल १६ र १७ मा काठमाडौंमा हुनेछ। कार्यक्रममा एसियाली क्षेत्रका आईसीसी सदस्य राष्ट्रका प्रतिनिधि, क्रिकेट प्रशासक तथा प्रमुख सरोकारवालाहरूको सहभागिता रहनेछ।

सम्मेलनमा एसियाली क्रिकेटको रणनीतिक प्राथमिकता, दीर्घकालीन विकास योजना, सुशासन तथा भविष्यको दिशाबारे व्यापक छलफल हुने क्यानले जनाएको छ।

sahani furniture udyog

क्यानका अनुसार यस सम्मेलनलाई एसियाली क्रिकेट विकासमा नेपालको बढ्दो भूमिका र योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.