उच्च मनोबलका साथ नेपाल आज इंग्ल्याण्डसँग भिड्दै

0
Quantam abroad studies

तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालले आज (आइतबार) दुईपटकको विश्वविजेता इंग्ल्याण्डविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्दैछ। नेपाल–इंग्ल्याण्डबीचको खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ सवा ३ बजे सुरु हुनेछ।

रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिएको नेपालले अभ्यास खेलमा यूएई र क्यानडालाई पराजित गर्दै उच्च मनोबल बनाएको छ। उप–कप्तान दीपेन्द्रसिंह ऐरी रहेको नेपाली टोलीको लक्ष्य समूह चरण पार गर्दै सुपर–८ मा पुग्नु हो।

समूह ‘सी’ मा रहेको नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्नेछ। समूहबाट शीर्ष दुई टोली सुपर–८ मा प्रवेश गर्नेछन्।

sahani furniture udyog

भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको टी–२० विश्वकप मार्च ८ सम्म चल्नेछ। प्रतियोगितामा २० टोली सहभागी छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.