विवाह भोजपछि सामूहिक बिरामी, फुडपोइजनको आशंका

0
Quantam abroad studies

खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सहभागी सबै जना बिरामी परेपछि स्वास्थ्य शिविर सञ्चालन गरेर उपचार थालिएको छ। भोज खाएको करिब १२ घण्टापछि ज्वरो र झाडापखालाको समस्या देखिएपछि निगालावास भञ्ज्याङस्थित रामकुमार राईको घरमा शिविर राखिएको हो।

माघ २१ गते भएको विवाह भोज खाएका करिब २०० जनामध्ये अधिकांश माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन्। स्थानीयवासीका अनुसार ‘फुडपोइजन’को आशंका गरिएको छ। हालसम्म ३५ जनालाई स्लाइनपानी र औषधि दिएर उपचार भइरहेको छ।

sahani furniture udyog

बिरामीको संख्या बढेपछि गाउँपालिकाको स्वास्थ्य शाखा, आरआरटी टिम, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली परिचालन गरिएको छ। भोज खाएर काठमाडौँ र उदयपुर गएका पाहुनासमेत बिरामी परेको खबर आएको छ।

स्वास्थ्य कार्यालयका अनुसार भोजको नमुना संकलन गर्न नसकिए पनि कारण पत्ता लगाउने प्रयास जारी छ। जटिल अवस्थामा रहेका बिरामीलाई आधारभूत अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.