भारतबाट आयात बढेपछि अण्डाको मूल्य घटाइयो

0
Quantam abroad studies

काठमाडौं — आजदेखि अण्डाको मूल्य घटेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजकै मितिबाट लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य सार्वजनिक गरेको हो।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभित्र अण्डा उत्पादन बढ्नु र सोही समयमा भारतबाट पनि अण्डा आयात भएसँगै बजारमा आपूर्ति सहज भएकाले मूल्य घटाइएको हो।

नयाँ समर्थन मूल्यअनुसार अब फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३ सय ७५ रुपैयाँ र मझौला अण्डा ३ सय ३५ रुपैयाँ कायम गरिएको छ।

यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट ४ सय ३५ रुपैयाँ र मझौला अण्डा ४ सय ५ रुपैयाँ तोकिएको थियो। त्यसभन्दा अगाडि माघ ११ गते ठूलो अण्डाको मूल्य ४ सय ९५ रुपैयाँ र मझौलाको ४ सय ७५ रुपैयाँ पुगेको थियो।

sahani furniture udyog

गत मङ्सिरमा अण्डाको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यस समयमा फार्ममा ठूलो अण्डा प्रतिक्रेट ५ सय ६५ रुपैयाँ र मझौला अण्डा ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

सङ्घले देशभरका कुखुराफार्मबाट प्राप्त मूल्य विवरणका आधारमा चितवनलाई केन्द्र मानेर अण्डाको समर्थन मूल्य निर्धारण गर्दै आएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.