तौलिहवा–भैरहवा सडक खण्डमा बसमा आगलागी भएर पूर्ण रूपमा नष्ट

0
Quantam abroad studies

काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना.७.ख ६०४८ नम्बरको यात्रुवाहक बस कपिलवस्तुमा आगलागी भएर पूर्ण रूपमा नष्ट भएको छ।

तौलिहवा–भैरहवा सडक खण्ड अन्तर्गत शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बिहीबार बिहान करिब ४ बजे गुडिरहेको बसको बायाँ चक्काबाट अचानक आगो सल्किएको प्रहरीले जनाएको छ। आगो देखिएलगत्तै चालकले बस सडक किनारमा रोकेका थिए।

स्थानीय बासिन्दा, प्रहरी टोली र कपिलवस्तु नगरपालिकाको दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिने प्रयास भए पनि करिब आधा घण्टामै बस पूर्ण रूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ।

sahani furniture udyog

बसमा सवार ४४ जना यात्रु भने समयमै बाहिर निस्कन सफल भएकाले मानवीय क्षति हुन पाएन। यद्यपि यात्रुहरूको केही व्यक्तिगत सामान भने आगलागीमा जलेर नष्ट भएको छ।

आगलागीको कारण हालसम्म खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिएका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.