इटालीसँग १० विकेटले पराजित नेपाल, सुपर आठ सम्भावना संकटमा

0
Quantam abroad studies

कमजोर ब्याटिङ र निराशाजनक बलिङ प्रदर्शनका कारण नेपालले आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा इटालीसँग १० विकेटको लज्जास्पद हार बेहोरेको छ। मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार भएको खेलमा १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो।

इटालीका ओपनर दाजुभाइ जस्टिन मोस्का (६०) र एन्थोनी मोस्का (६२) ले अविजित १२४ रनको साझेदारी गर्दै नेपालको बलिङ आक्रमण पूर्ण रूपमा निष्प्रभावी बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो। आरिफ शेखले सर्वाधिक २७ रन बनाउँदा कप्तान रोहित पौडेलले २३ रन जोडे। अन्य ब्याटरले अपेक्षित योगदान दिन नसक्दा मध्यम लक्ष्य पनि जोगाउन नसक्ने अवस्था आयो। करण केसी १८ रनमा अविजित रहे।

sahani furniture udyog

इटालीका क्रिशन कालुगामेजले तीन विकेट लिए भने बेन मनेन्टीले दुई विकेट झारे।

लगातार दोस्रो हारसँगै नेपाल अंकविहीन रहँदै सुपर आठमा पुग्ने सम्भावना कमजोर बनेको छ। समूह ‘सी’ मा वेस्ट इन्डिज चार अंकसहित शीर्ष स्थानमा छ भने इङ्ल्यान्ड, स्कटल्यान्ड र इटालीको दुई–दुई अंक छ।

अब नेपालले फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा पुनरागमनका लागि नेपाललाई दुवै खेल जित्नैपर्ने दबाब छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.