बंगलादेश बीएनपीलाई स्पष्ट बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चितजस्तै

0
Quantam abroad studies

बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले बिहीबार सम्पन्न आम चुनावमा स्पष्ट बहुमत हासिल गरेको छ। २९९ सिटमध्ये १६५ सिट जित्दै बीएनपी सबैभन्दा ठूलो दल बनेको बीबीसी बंगालाले जनाएको छ।

पार्टी अध्यक्ष तारिक रहमान अब प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ। उनले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए र दुवैमा विजयी भएका छन्।

जमात-ए-इस्लामी को नेतृत्वमा रहेको ११-दलीय गठबन्धनले हालसम्म ४५ सिट जितेको छ भने अन्य दल र स्वतन्त्र उम्मेदवारले तीन सिट हात पारेका छन्।

निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिना ले भने चुनावलाई धोखाधडीपूर्ण र असंवैधानिक बताएकी छन्। उनले अन्तरिम व्यवस्थामाथि प्रश्न उठाउँदै प्रक्रिया अवैध भएको आरोप लगाइन्।

sahani furniture udyog

३५ वर्षपछि बंगलादेशले पुरुष प्रधानमन्त्री पाउने भएको छ। सन् १९८८ मा काजी जफर अहमद प्रधानमन्त्री बनेपछि देशमा महिला नेतृत्वको लामो अध्याय चलेको थियो, जसमा खालिदा जिया र शेख हसिनाको प्रभुत्व रह्यो।

अवामी लिगलाई २०२४ को विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसामा संलग्नताको आरोपमा चुनावमा सहभागी हुन नदिइएको थियो।

करिब १७ वर्ष लन्डनमा राजनीतिक शरणमा रहेका तारिक रहमान हालै देश फर्किएका हुन्। उनी विकास, हरित अभियान र प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्ने एजेन्डासहित अघि बढिरहेका छन्। अब बीएनपीको पूर्ण जिम्मेवारी उनको काँधमा आएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.