कपिलवस्तुमा – ३ मा घोषणापत्र सार्वजनिक, विकासका ९ मुख्य योजना अघि सारियो

0
Quantam abroad studies

कपिलवस्तु , फाल्गुन १

 नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा सदस्यका प्रत्याशी एहसान अहमद खाँले कपिलवस्तु क्षेत्र नं. ३ का लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। 

आगामी पाँच वर्षमा क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्दै पूर्वाधार, स्वास्थ्य, कृषि, उद्योग र पर्यटन प्रवर्द्धनका योजना अघि सारिएको छ।

घोषणापत्रअनुसार बाढी तथा डुबान नियन्त्रणका आयोजना सम्पन्न गरिने, नदी कटान रोकथाम तथा तटबन्ध विस्तार गरिने उल्लेख छ। प्रदेशस्तरीय बाल तथा महिला प्रसूति अस्पताल स्थापना र सञ्चालन गर्ने योजना पनि समावेश गरिएको छ।

sahani furniture udyog

त्यसैगरी वन, विज्ञान तथा कृषि व्यवसाय सञ्चालन, सामुदायिक र धार्मिक विद्यालयलाई निःशुल्क सुविधा उपलब्ध गराउने तथा गुणस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। कृष्णनगरमा अन्तर्राष्ट्रिय सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने, शिवराजमा औद्योगिक करिडोर तथा विजयनगरमा कृषि, काठ र पशुजन्य उद्योगको करिडोर स्थापना गर्ने लक्ष्य राखिएको छ।

पर्यटन प्रवर्द्धनका लागि कृष्णनगर–सुपदेउराली–स्वर्गद्वारी जाने पर्यटकलाइ  कर छुटसम्बन्धी कानुन बनाउने र तेस्रो मुलुकका पर्यटकलाई लक्षित गर्दै कृष्णनगरमा इमिग्रेसन कार्यालय स्थापना गर्ने योजना पनि घोषणापत्रमा उल्लेख गरिएको छ।

प्रत्याशी खाँले यी योजनाले क्षेत्रको आर्थिक गतिविधि बढाउनुका साथै रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.