बालेन्द्र साह आज कपिलवस्तुमा, फागुन २१ को निर्वाचन लक्षित चुनावी अभियान तीव्र

0
Quantam abroad studies

कपिलवस्तु , फाल्गुन २

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साह (बालेन) आज कपिलवस्तु आउने कार्यक्रम रहेको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनी चुनावी प्रचार–प्रसारका लागि कपिलवस्तु आउन लागेका 

sahani furniture udyog

रास्वपा कपिलवस्तुका अनुसार नेता साहलाई तौलिहवास्थित जमुवार पुलमा कार्यकर्ताले स्वागत गर्ने तयारी गरिएको छ। निर्धारित समय तालिका अनुसार उनी दिउँसो १ बजे तौलिहवा पुग्नेछन्। स्वागत कार्यक्रम पश्चात तौलिहवा बजार क्षेत्रमा र्‍याली निकालिने जानकारी पार्टीले दिएको छ।

नेता साहको आगमनको खबरले जिल्लामा रास्वपा नेता तथा कार्यकर्तामा उत्साह थपिएको छ। स्वागत तथा र्‍याली व्यवस्थापनका लागि पार्टीले तयारी तीव्र बनाएको जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.