एमालेको झण्डा जलाइएको घटनामा एक आरोपी पक्राउ

0
Quantam abroad studies

दाङ — नेकपा एमालेको झण्डा जलाइएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रेशम बोहराका अनुसार बिहीबार राति करिब साढे ९ बजे दाङको वीरेन्द्र चोकमा आयोजित कार्यक्रममा एमालेको झण्डा जलाइएको भिडियो सार्वजनिक भएपछि अनुसन्धान अघि बढाइएको थियो। उक्त कार्यक्रम रवि लामिछानेको स्वागतका लागि आयोजना गरिएको थियो।

sahani furniture udyog

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएसँगै प्रहरीले अनुसन्धान तीव्र पार्दै बस्नेतलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप छानबिन भइरहेको र संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.