कपिलवस्तु क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार अतहर कमालकाे सङ्कल्प पत्र सार्वजानिक

0
Quantam abroad studies

कपिलवस्तु — प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार अतहर कमालले आफ्नो चुनावी रोडम्याप सार्वजनिक गरेका छन्। ‘भिजन सेभेन’ नाम दिइएको उक्त प्रतिबद्धता पत्रमार्फत उनले शिक्षा, पूर्वाधार, कृषि, युवा र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेका छन्।

वाणगंगा–११ देउवापारमा आयोजित कार्यक्रममा कमालले वाणगंगामा रोकिएको जीपी मेमोरियल टेक्निकल इन्स्टिच्युटको काम अघि बढाउने, क्षेत्रको मध्यभागमा वन विज्ञान अध्ययन संस्थान स्थापना गर्ने र दक्षिण क्षेत्रमा अम्बेडकर समतामूलक शिक्षालय सञ्चालनमा ल्याउने योजना प्रस्तुत गरे।

उनले कपिलवस्तु विकास कोष गठन, खरको छानामुक्त अभियान, सडक विस्तार तथा तीन स्थानीय तहमा व्यवस्थित बसपार्क निर्माणको प्रतिबद्धता व्यक्त गरे। साथै आदिवासी जनजाति संग्रहालय स्थापना र खेलकुद पूर्वाधार विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ।

sahani furniture udyog

युवालाई लक्षित गर्दै स्टार्टअप कोष, सीप विकास र स्वरोजगार कार्यक्रम अघि बढाइने उल्लेख गरिएको छ भने कृषिमा सिँचाइ विस्तार, छाडा तथा जंगली जनावर व्यवस्थापन, भूमिहीन र सुकुम्बासी समस्या समाधान तथा दुग्ध संकलन केन्द्र स्थापना गर्ने योजना पनि समेटिएको छ।

कार्यक्रममा उनले विगतको सामाजिक अनुभवका आधारमा कार्यान्वयन गर्न सकिने योजनामात्र समावेश गरिएको दाबी गरे। कांग्रेस जिल्ला निर्वाचन परिचालन समितिका संयोजक शक्तिसिंह ठकुरीले संकल्प पत्र अध्ययन र कार्यान्वयन योग्य रहेको बताए।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.