निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तुका सीमामा कडा सुरक्षा

0
Quantam abroad studies

फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तुको सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ। भारतसँग जोडिएका नाकाहरूमा विशेष निगरानी बढाइएको जिल्ला सुरक्षा निकायले जनाएको छ।

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल ले कडा चेकजाँच सुरु गरेको छ। सीमा हुँदै आवतजावत गर्ने मोटरसाइकल तथा अन्य सवारीसाधनका चालकहरूको अनुमतिपत्र र आवश्यक कागजात परीक्षण गरिँदै आएको छ।

निर्वाचनका बेला सीमापारिबाट हातहतियार, विष्फोटक पदार्थ, मदिरा तथा लागूऔषध जस्ता अवैध सामग्री भित्रिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाल प्रहरी सँग समन्वय गरी संयुक्त निगरानी बढाइएको छ।उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदान हुनुभन्दा ७२ घण्टा अगाडि, अर्थात् फागुन १८ गतेदेखि सीमा नाका पूर्ण रूपमा बन्द गरिनेछ।

sahani furniture udyog

मतदाताले भयरहित वातावरणमा मतदान गर्न सकून् भन्ने उद्देश्यले जिल्लाभर मदिरा बिक्री–वितरणमा समेत अस्थायी प्रतिबन्ध लगाइएको छ। सुरक्षा निकायले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउँदै चौबीसै घण्टा गस्ती र निगरानी जारी राखेको जनाएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन प्रशासनले सबै पक्षसँग सहयोगको अपिल समेत गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.