
पुष्पकमल दाहाल फागुन १६ गते शनिबार कपिलवस्तु आउने भएका छन्। नेपाल कम्युनिस्ट पार्टी का संयोजक तथा पूर्वप्रधानमन्त्री दाहाल कृष्णनगरमा आयोजना हुने बृहत् चुनावी सभालाई सम्बोधन गर्न हेलिकप्टरमार्फत आउने कार्यक्रम रहेको छ।
प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार एहसान अहमद खाँको समर्थनमा उक्त सभा आयोजना गरिएको हो। केन्द्रीय सदस्य रहिस शाहका अनुसार सभामा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

कृष्णनगरमा हुने सभाका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ। पार्टीका स्थानीय नेताहरूले प्रचण्डको उपस्थितिले चुनावी माहोल थप सक्रिय हुने विश्वास व्यक्त गरेका छन्।
