
कपिलवस्तु — नेपाली कांग्रेसका सभापति गगन थापा आज दिउँसो साढे १२ बजे कपिलवस्तु आउने कार्यक्रम तय भएको छ।
उहाँ बुद्धभूमि नगरपालिका–स्थित गोरुसिङ्गेमा आयोजना गरिने कार्यक्रममा सहभागी हुने कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति केशवकुमार श्रेष्ठले जानकारी दिनुभयो।

