कपिलवस्तुमा साम्प्रदायिक तनावपछि अनिश्चितकालीन निषेधाज्ञा, गोली लागेर ४ घाइते

0
Quantam abroad studies

कपिलवस्तु — कपिलवस्तुको महाराजगञ्ज–बर्गदवा क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनावपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

आज बिहान दुइ समुदायका युवाबीच सुरु भएको विवाद चर्किँदै गएपछि सम्भावित झडप नियन्त्रण गर्न प्रशासनले दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा समूहगत गतिविधिमा प्रतिबन्ध लगाएको जनाएको छ।

घटनामा गोली लागेर चार जना घाइते भएका छन् भने एक जना ढुङ्गा प्रहारबाट घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि शिवराज अस्पताल ल्याइएको थियो।

गोली लागेर घाइते भएका मध्ये:

• सानो बुटहनिया बस्ने २२ वर्षीय अरुण उर्फ जितेन्द्र यादव

sahani furniture udyog

• भोरहवा बस्ने २० वर्षीय मोनु पासी

• जिगिना बस्ने २५ वर्षीय प्रदीप पासी

उनीहरूलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ।

त्यस्तै, सानो बुटहनिया बस्ने २२ वर्षीय महेन्द्र रैदासको शिवराज अस्पताल को इमरजेन्सी विभागमा उपचार भइरहेको छ भने अजिगरा बस्ने ७५ वर्षीय कासी रैदास ढुङ्गा प्रहारबाट घाइते भई सोही अस्पतालमा उपचाररत छन्।

स्थिति थप बिग्रिन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थानीय प्रशासनले सबै पक्षलाई संयमित रहन र कुनै पनि प्रकारका अफवाह नफैलाउन आग्रह गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.