वैदेशिक रोजगारीका लागि थप ४ देशमा पुनः श्रम स्वीकृति खुल्ला

0
Quantam abroad studies

काठमाडौं — सरकारले वैदेशिक रोजगारीका लागि थप चार देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ। मन्त्रिपरिषद्को चैत ३० गतेको निर्णयअनुसार इजरायल, लेबनान, कुवेत र बहराइन का लागि श्रम स्वीकृति पुनः सुरु गरिएको हो।

यसअघि मध्यपूर्व तथा खाडी क्षेत्रमा विकसित परिस्थितिलाई ध्यानमा राख्दै सरकारले फागुन १७ मा ती क्षेत्रमा व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति स्थगित गरेको थियो। पछि क्रमशः साउदी अरेबिया, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्की मा श्रम स्वीकृति पुनः सञ्चालनमा ल्याइएको थियो।

sahani furniture udyog

अब बाँकी रहेका देशहरूमा पनि स्वीकृति खुला भएसँगै वैदेशिक रोजगारी प्रक्रिया पूर्ण रूपमा सामान्यतर्फ फर्किएको वैदेशिक रोजगार विभागले जनाएको छ। इराक को हकमा भने मन्त्रिपरिषद्को पुस ११ गतेको निर्णयअनुसार नै श्रम स्वीकृति प्रदान गरिनेछ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.