कपिलवस्तुमा सुन चोरी गर्ने २ पाकिस्तानी महिला पक्राउ 

0
Quantam abroad studies

कपिलवस्तुको शिवराज नगरपालिका–चन्द्रौटामा सुन चोरीको आरोपमा दुई विदेशी महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा २० वर्षीया विवि कलसुम र ४१ वर्षीया सहबाना रहेको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार उनीहरूलाई चोरीपछि गरिएको अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो। प्रहरी टोलीले उनीहरूको साथबाट पाकिस्तानी पासपोर्टसमेत बरामद गरेको छ।

प्रहरीका अनुसार उनीहरूले सामान्य ग्राहकको रूपमा सुन पसलमा प्रवेश गरी गहना हेर्ने बहानामा चोरी गर्ने गरेको पाइएको छ। चोरीपछि भने पहिचान लुकाउन मास्कमाथि बुर्का प्रयोग गर्ने गरेको खुल्न आएको छ।

sahani furniture udyog

प्रारम्भिक अनुसन्धानले उनीहरू संलग्न चोरीका घटनाहरू रुपन्देहीको योगीकुटी, कपिलवस्तुको तौलिहवा र चन्द्रौटासहित तीन स्थानमा भएको देखाएको छ।

हाल दुवै जनाविरुद्ध चोरी तथा ठगीसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.