स्वास्थ्यकर्मीलाई पनि सातामा २ दिन बिदा दिन माग

0
Quantam abroad studies

काठमाडौं — स्वास्थ्य क्षेत्रका १४ पेशागत सङ्गठनले स्वास्थ्यकर्मीका लागि पनि हप्तामा दुई दिन बिदा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

नेपाल मेडिकल एशोसिएसन का अध्यक्ष डा. अनिल विक्रम कार्कीको संयोजकत्वमा रहेको संयुक्त सङ्गठनले मन्त्रिपरिषद्को २०८२ चैत २२ को निर्णयअनुसार सरकारी कर्मचारीलाई दिइएको शनिबार र आइतबार बिदा स्वास्थ्य क्षेत्रमा पनि लागू गर्नुपर्ने जनाएको हो।

सङ्गठनले जारी गरेको विज्ञप्तिमा जनशक्ति अभाव र कमजोर संरचनाका कारण स्वास्थ्यकर्मीहरू अत्यधिक कार्यबोझमा परेको उल्लेख गर्दै यसले मानसिक तनावलगायत समस्या बढाएको औंल्याइएको छ।

sahani furniture udyog

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले भने आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.