कपिलवस्तुका १ युवा सहित नक्कली नोट कारोबारमा ४ जना पक्राउ

0
Quantam abroad studies

रूपन्देहीमा नक्कली नोट कारोबारमा संलग्न चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा निगरानी गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा कपिलवस्तुको वाणगङ्गा–२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचुली–१५ का २८ वर्षीय सुजन खनाल (मुक्तिप्रसाद खनाल), सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का ३५ वर्षीय रोलबहादुर श्रेष्ठ र काठमाडौं बूढानीलकण्ठ–९ का ५३ वर्षीय दीपेन्द्र थापा रहेका छन्।

sahani furniture udyog

प्रहरीका अनुसार चैत २२ गते भैरहवाको सिद्धार्थनगर–५ र चैत २६ गते सैनामैना–१० स्थित भच्कैयाबाट एक हजार दरका २१ थान नक्कली नोटसहित उनीहरू पक्राउ परेका हुन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.