बङ्गलादेशमा निम्तियाे ऊर्जा संकट,अन्तर्राष्ट्रिय सहयोगको अपिल

0
Quantam abroad studies

विश्वव्यापी ऊर्जा संकट चर्किंदै जाँदा बङ्गलादेशले आर्थिक दबाब सामना गर्न अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ। प्रधानमन्त्री तारिक रहमानले विकास साझेदारसँग करिब दुई अर्ब अमेरिकी डलर बराबरको आपतकालीन कोष माग गर्दै तत्काल सहकार्य आवश्यक रहेको बताएका छन्।

एसिया शून्य उत्सर्जन समुदाय (एजेडइसी) प्लसको भर्चुअल शिखर सम्मेलनमा सम्बोधन गर्दै उनले ऊर्जा अभावले विकासोन्मुख राष्ट्रहरूमा गम्भीर असर पारेको उल्लेख गरे। उनले यस्तो चुनौती कुनै एक देशले एक्लै समाधान गर्न नसक्ने भन्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समन्वय अपरिहार्य भएको बताए।

sahani furniture udyog

ऊर्जा संकटको प्रभाव कम गर्न बङ्गलादेशले विभिन्न अल्पकालीन उपायहरू लागू गरेको छ। जसमा सरकारी कार्यालय र बजारको समय घटाउने, इन्धन आयात बढाउने, खपत नियन्त्रण गर्ने तथा रासनिङ प्रणाली लागू गर्ने जस्ता कदम समावेश छन्। साथै, इन्धन सञ्चय रोक्न ‘फ्युल एप’ जस्ता डिजिटल उपाय पनि प्रयोगमा ल्याइएको छ।

प्रधानमन्त्री रहमानले वर्तमान संकटलाई सन् १९७० को तेल संकटभन्दा गम्भीर हुन सक्ने चेतावनी दिँदै दीर्घकालीन समाधानका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको दोहोर्‍याए। सम्मेलनमा जापान र मलेसियालगायत देशका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.