
भोलि देशका धेरैजसो ठाउँमा आजको तुलनामा मौसम सामान्यतया सुधार हुनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहे पनि तराईका धेरै क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

यसैबीच सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा तातो दिन कायमै रहने महाशाखाले जनाएको छ । तर पर्सिदेखि भने पानी पर्ने प्रणाली थप सक्रिय हुने मौसमविद् ले जानकारी दिनुभयो ।
पर्सि कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका केही क्षेत्रमा पनि वर्षा हुन सक्ने देखिएको छ । मौसम प्रणाली फेरि सक्रिय हुन सक्ने भएकाले सम्भावित वर्षा, चट्याङ र अन्य जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
