
काठमाडौं, वैशाख १४ — सर्वोच्च अदालतको संवैधानिक इजलासले गाँजा खेतीसम्बन्धी रिटमा महत्वपूर्ण निर्देशनात्मक आदेश जारी गरेको छ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहितको इजलासले गाँजाको औषधीय, औद्योगिक र सांस्कृतिक उपयोगितालाई ध्यानमा राख्दै आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न सरकारलाई निर्देश गरेको हो।
कानुनका विद्यार्थी शिव खड्कासहित चार जनाले दायर गरेको रिटमा गाँजा सम्बन्धी हालको कानुनले किसानको मौलिक हक, रोजगारी, समानता र स्वतन्त्रतामा असर पारेको दाबी गरिएको थियो।

अदालतको आदेशसँगै गाँजा खेतीलाई नियमन गर्दै वैधानिक रूपमा प्रयोग गर्ने सम्भावनाको ढोका खुलेको कानुनी वृत्तमा चर्चा छ।
