अत्यावश्यक २५ सेवामा हडताल निषेध

0
Quantam abroad studies

काठमाडौं — सरकारले जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने २५ प्रकारका अत्यावश्यक सेवामा हडताल गर्न प्रतिबन्ध लगाएको छ। गृह मन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अन्तर्गत नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो निर्णय सार्वजनिक गरेको हो।

निर्णयअनुसार सञ्चार, यातायात, हवाई सेवा, खानेपानी, विद्युत्, स्वास्थ्य, बैंकिङ, बीमा, पेट्रोलियम पदार्थ आपूर्ति, इन्टरनेट, एम्बुलेन्स, औषधि उत्पादन तथा वितरणलगायतका सेवामा हडताल वा सेवा अवरुद्ध गर्न पाइने छैन।

त्यसैगरी होटल, रेस्टुराँ, रिसोर्ट, फोहोरमैला व्यवस्थापन, राहदानी, कन्सुलर सेवा, मौसम तथा बाढी पूर्वसूचना सेवा र दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणालीलाई पनि अत्यावश्यक सेवाको सूचीमा राखिएको छ।

sahani furniture udyog

यी सेवामा अवरोध हुँदा जनजीवन, सार्वजनिक सुरक्षा र राज्य सञ्चालनमै असर पर्ने भएकाले हडताल निषेध गरिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले निर्णय कार्यान्वयनमा कडाइ गरिने र उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.