
कपिलवस्तु, असार ३ गते — कपिलवस्तु क्रिकेट संघले लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा सञ्चालन हुने यू–१९ पुरुष क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ।
घोषित टोलीको कप्तानी रौनक श्रीवास्तवले गर्नेछन् भने मुमताज अली दर्जी उपकप्तानको जिम्मेवारीमा रहनेछन्। टोलीमा सुरज यादव, मलिक गद्दी, ऋषभ गुप्ता, अस्फाक खान, पारस बी.के., लेखबहादुर बी.सी., मोहित रैदास, एमडी मलिक, ऋतिक तिवारी, आदर्श यादव, मनीष सुनार, गौराञ्ज पाण्डेय र इरफान खान समावेश छन्। टोलीको मुख्य प्रशिक्षकमा रमेश पाठक रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक कार्यक्रमअन्तर्गत आयोजना हुने उक्त प्रतियोगितामा कपिलवस्तुले बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको संघले जनाएको छ। युवा खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै प्रदेश तथा राष्ट्रिय टोलीका लागि प्रतिभा उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो। टोली अहिले प्रतियोगिताको तयारीमा जुटिरहेको जनाइएको छ।

