कृष्णनगरको ७० करोड ७९ लाख बजेट, नीति तथा कार्यक्रम पारित

0
Quantam abroad studies

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको १६औँ नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ। नगरसभामा ७० करोड ७९ लाख ६३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको हो।

बजेटमा पुँजीगततर्फ २४ करोड ७७ लाख ८६ हजार रुपैयाँ र चालुतर्फ ४६ करोड १ लाख ६७ हजार रुपैयाँ विनियोजन गरिएको छ। साथै आर्थिक तथा विनियोजन विधेयक पनि पेश गरिएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख रजत प्रताप शाह ले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकता दिँदै बजेट तयार गरिएको बताए। उपप्रमुख आरती देवी चौधरी ले समावेशी विकास, महिला सशक्तीकरण र सामाजिक न्यायमा जोड दिइएको उल्लेख गरिन्।

sahani furniture udyog

नगरसभाले बजेटमाथि थप छलफलका लागि असार २९ गते अर्को बैठक बस्ने निर्णय गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.