नेपालमा मनसुन आगमन अझै केही दिन पर धकेलियो

0
Quantam abroad studies

काठमाडौं । नेपालमा यस वर्ष मनसुनको आगमन औसत समयभन्दा ढिलो हुने संकेत देखिएको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार जारी गरेको विज्ञप्तिमा हालसम्म देशमा मनसुन प्रवेश नभएको र अझै केही दिन ढिलो हुन सक्ने जनाएको हो।

विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार नेपालमा सामान्यतया जुन १३ तारिख आसपास मनसुन भित्रिने गरे पनि यस वर्षको मौसमीय अवस्थाले आगमनमा ढिलाइ हुने सम्भावना देखाएको छ। भू–उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणले पनि यही संकेत गरेको विभागले जनाएको छ।

हाल पश्चिमी वायु तथा स्थानीय वायु प्रणालीको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको छ। तर यी गतिविधि मनसुनसँग प्रत्यक्ष सम्बन्धित नभएको विभागले स्पष्ट पारेको छ।

यसैबीच, प्रशान्त महासागर क्षेत्रमा विकसित भइसकेको एलनिनो प्रणाली अझ बलियो बन्दै गएको छ। मौसमविद्हरूका अनुसार एलनिनोको प्रभावले दक्षिण एसियाली मनसुन प्रणाली कमजोर बन्ने र नेपालमा मनसुन आगमन तथा वर्षाको मात्रा दुवैमा असर पर्न सक्ने सम्भावना रहेको छ।

sahani furniture udyog

नेपालमा विगतमा पनि केही वर्ष मनसुन ढिलो प्रवेश गरेको तथ्याङ्क छ। सन् १९९२ मा जुन २१, २०१९ मा जुन २०, २०१६ मा जुन १५ तथा २०२३ मा जुन १४ तारिखमा मात्र मनसुन नेपाल भित्रिएको थियो।

विभागले आगामी दिनका मौसमीय गतिविधिको निरन्तर अनुगमन गरिरहेको जनाउँदै आवश्यक जानकारी तथा पूर्वानुमान नियमित रूपमा सार्वजनिक गरिने जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.