
सुभाष कायस्थ
जनकपुरधाम, असोज १२
धनुषामा प्रहरीले गोली चलाएर लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले विदेह नगरपालिका वडा नम्बर ८ बफैबाट २०.३४ ग्राम ब्राउनसुगरसहित स्थानीय अजय मण्डललाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी तिनकौरियाको संयुक्त टोलिले बिशेष सूचनाको आधारमा लागू औषध किनबेच गर्दै गर्दा स्थानीय अजय मण्डललाई गोली प्रहार गर्दै पक्राउ गरेको हो। प्रहरीका अनुसार आइतवार साँझ करिब ५ः३० बजे मण्डललाई नियन्त्रणमा लिइएको हो।

पक्राउ गर्ने क्रममा प्रहरी र लागु औषध कारोबारी बीच तनाव उत्पन्न भएको थियो । घटना नियन्त्रण गर्न खोज्दा एक राउण्ड हवाईफायर गर्नुपरेको प्रहरीले जनाएको छ। यता घटनामा परि एक जना प्रहरी घाइते भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जिप्रका धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जनाएको छ।
