महाकाली नदीमा पिलर भाँचिएपछि चुँडियो झोलुंगे पुल

0
Quantam abroad studies


काठमाडौं, असोज १४

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ४ र भीमदत्त नगरपालिका–१३ जोड्ने झोलुंगे पुल बिचभागबाट चुँडिएर नदीमा लत्रिएको छ । महाकाली नदीमा पिलर भाँचिएपछि पुल चुँडिएको प्रहरीले जनाएको छ । पुलबाट हुने आवतजावत अवरुद्ध भएको छ । करिब एक हजार ४५३ मिटर लामो झोलुंगे पुलका आठवटा पिल्लरमध्ये पिल्लर नम्बर ३ भाँचिदा पुलको करिब ६ मिटर भत्किएको हो ।

sahani furniture udyog


अढाई दशकअघि निर्माण भएको उक्त पुल बिचभागबाट अनौठो तरिकाले चुँडिएपछि आउजाउ बन्द भएको छ । ०५८ सालमा निर्माण भएको एक हजार मिटरभन्दा लामो उक्त झोलुंगे पुल एसियाकै दोस्रो लामो पुलको रूपमा परिचित छ ।महाकाली नदीपारिको नेपाल भनेर चिनिने दोधाराचाँदनीलाई जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि देशकै भूगोलसँग प्रत्यक्ष जोड्ने उद्देश्यका साथ पुल निर्माण गरिएको थियो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले चुँडिएको पुल छिट्टै मर्मत गरिने बताए । उनले चुँडिएको पुलका फोटो, भिडियो आफूले झोलुंगे पुल मर्मत शाखालाई पठाएको र आज वा भोलिसम्म प्राविधिक आएर मर्मत गरिने बताए ।  

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.