
तौलिहवा, २२ कात्तिक
श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ परेका छन् । आफ्नो श्रीमतीको हत्या गरी भारत भागेका श्रीमान पक्राउ परेका हुन् ।कपिलवस्तुको महाराजगञ्ज नगरपालिका ११ बाबा बनगाई बस्ने बर्ष ४५ को रामकेवल लोनियाले आफ्नो ३५ वर्षीया श्रीमती चिन्का लोनियाको हत्या गरी बुद्धभूमि नगरपालिका ९ चम्पापुरको कपिलवस्तु साझेदारी वनमा फाली फरार भएका प्रहरीको भनाइ रहेको छ ।
गत असोज १७ गते लोनियाले आफ्नो श्रीमतीको हत्या गरी फरार भएका बेला उनलाई बुद्धभूमि नगरपालिका ९ डुमराबाट प्रहरीले विशेष सुरकीको अधारमा पक्राउ गरेको प्रहरी उपरिक्षक दानबहादुर कार्कीले प्रेस मिटमा बताउनुभयो । जङ्गलमा मानव कंकाल (खप्पर, हड्डीहरु) भुइँमा भेटिएको, हरियो रङको एक जोर चप्पल, साडीमा माटो लागेको अवस्थामा साडीमा लपेटिएको शवको हड्डीका केही भागहरु फेला पारेको प्रहरीले जनाएको छ ।

मृतककी छोरी पुनिता लोनियाले इलाका प्रहरी कार्यालय गोरुसिङेको सहयोगमा घटनास्थलमा फेला परेका सामग्री र मृतकसँग सम्बन्धित चप्पल, कपडाहरुको पहिचान गरेको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक कार्कीका अनुसार कपडा र चप्पलको पहिचानका आधारमा शव पहिचान भएको हो ।
पक्राउ परेका लोनियालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

