माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न, कपिलवस्तुका अधिकान्स वडामा युवा नेतृत्व

0
Quantam abroad studies

कपिलवस्तु , मंसिर ४
नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) कपिलवस्तुकाे जिल्लाका सबै वडामा सम्मेलन सम्पन्न भएको छ । केन्द्रिय निर्देश अनुसार वडा सम्मेलन गर्नु पर्ने भएकोले आज जिल्लाका सम्पुर्ण पालिकाको सबै वडामा सम्मेलन सम्पन्न भएको हो ।

यसै क्रममा कपिलस्तु नगरपालिकका १ देखी १२ सम्मका सबै वडामा सम्मेलन सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिकाको १२ वडामै २९ सदस्यीय कार्य समितीको चयन गरिएको छ । सम्पूर्ण वडामा सम्मेलन मार्फत नयाँ नेतृत्व चयन गरिएको छ । यसैक्रममा वडा नम्बर १ देखी १२ सम्म क्रमश: प्रितम पांडे, अजय चौबे, गणेश कुमार श्रीवास्तव, बृज बिहारी कुर्मी, ओम बिलास बरई, सफीउर रहमान, राम बाशिस्ठ कुर्मी, अनारुल्लाह मुसलमान, कृष्ण गोपाल के. सी. , रामदेव शुक्ला, कलामुद्दीन मुसलमान र राम अधारे कोहार अध्यक्ष पदमा निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका जिल्ला सँयाेजक राम चन्द्र शाह (विष्णु)काे प्रमुख आतिथ्यता , अखिल नेपाल महिला सँघ ( क्रान्तिकारी ) जिल्ला सँयाेजक विमला चाैधरि , प्रेष सेन्टर नेपाल कपिलवस्तुका जिल्ला अध्यक्ष अर्जुन बेल्बासे , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी ) कपिलवस्तुका जिल्ला अध्यक्ष हरिश चन्द्र खनाल , कपिलवस्तु नगरकमिटी ईन्चार्ज लाल सिंह , कपिलवस्तु नगरपालिका कार्यसमिति अध्यक्ष शत्रुघन चाैधरी लगायतकाे आतिथ्यतामा वडा सम्मेलन सम्पन्न भएको छ ।

sahani furniture udyog

केहि वडा सहमतिया त केहि वडामा बहुमतिय प्रणालीले सभ्य र भब्य रूपमा वडा सम्मेलन सफलताका साथ सम्पन्न भएको बताउदै माओवादी केन्द्रका जिल्ला संयोजक राम चन्द्र शाहले (विष्णु) ले खुशी व्यक्त गरेका छन् । यसैगरी संयोजक शाह ले आउदो नगर सम्मेलनका लागी नेता कार्यकर्तालाइ ब्यापक तयारी गर्न निर्देशन समेत दिएको बताएका छन् । यसै क्रममा माओवादी केन्द्र कपिलवस्तु नगरपालिकाका नगर अध्यक्ष शत्रुधन चौधरीले बिगत केहि दिनमा युवाहरूको माओवादी केन्द्र प्रति आकर्षण बढेको र वडा सम्मेलनमा कपिलवस्तु नगरपालिकाको वडा कार्य समितिमा युवा सहभागीता र नेतृत्व समेत बढेको बताएका छन् । चौधरीले केहि समयमै अन्य पार्टीको तुलनामा माओवादी केन्द्रमा युवा सहभागीता बढे संगै पार्टीले पनि युवा पिढिलाइ नेतृत्वदाइ भुमिका दिइ राजनीतिमा शिक्षित युवा सहभागीतालाइ जोड दिएको छ ।

आज कपिलवस्तु नगरपालिकामा रहेका सम्पुर्ण वडाको सम्मेलन भवानी भिक्षु स्थित माओवादी पार्टी कार्यालयमा सम्पन्न भएको हो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.